मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध: रातभर सडक खुल्ने सम्भावना कम
काठमाडाैं | असोज ४, २०८२
काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो। ठुलो पहिरो खसेपछि रातभर सडक खुल्ने सम्भावना कम देखिएको प्रहरीले जनाएको छ।
अहिले निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक खुल्ने अवस्था छैन। सडकको दुई तर्फबाट पहिरो हटाउनेकाम भए पनि पहिरो निरन्तर झरिरहेकाले समस्या भएको छ। थप पहिरो खस्नेक्रम रोकिएमा चार घण्टामा पहिरो हटाउने सकिने अनुमान गरिएको छ।
शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहँदा पहिरो आएर समस्या बनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको छ । अहिले पनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उहाँले बताउनुभयो ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

